गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण « Khabarhub

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिने स्पष्टीकरण सोधेको छ।

केही दिनअघि उनले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब पैसा रहेको छ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले फागुन २१ को चुनावमा एक अर्ब खर्च गर्दा पनि गगनले चुनाव जित्न नसकेको जिकिर गरेका थिए ।

यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

समितिका अनुसार तामाङले जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहँदा पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएका थिए ।

उक्त कार्य कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा १ (क), (ख), (ग), (ङ) र (च) अनुसार अनुशासन उल्लंघन भएको ठहर गरिएको समितिले जनाएको छ।

यसै आधारमा विधानको धारा ३४ उपधारा ८ (घ) बमोजिम तामाङसँग ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : २६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४