अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण « Khabarhub

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित पीएएफ बेस नूर खानमा पछिल्लो ४८ घण्टामा कम्तीमा ६ वटा अमेरिकी सैन्य विमान अवतरण गरेका छन्।

फ्लाइट ट्र्याकिङ डाटाअनुसार चारवटा विमान पछिल्ला दुई दिनमा अवतरण गरेका हुन् । थप दुई विमान सोमबार पुगेका छन्। सबै विमान आफ्नो काम सकेर फर्किसकेका छन्।

रिपोर्टअनुसार ती विमानमार्फत् अमेरिकाले सञ्चार उपकरण, मोटरकेड सहयोग सामग्री तथा अन्य आवश्यक स्रोतसाधन ल्याइएको छ।

पीएएफ बेस नूर खान इस्लामाबादका लागि प्रमुख भीआईपी प्रवेश बिन्दु मानिन्छ, जहाँबाट विदेशी प्रतिनिधिमण्डलको आवतजावत हुने गर्छ।

ट्रम्प र पाकिस्तानी सेना प्रमुखबीच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका सेना प्रमुख आसिम मुनीरसँग टेलिफोन संवाद गरेका छन्।

एक पाकिस्तानी सुरक्षा स्रोतका अनुसार ट्रम्पले होर्मुज क्षेत्रमा लगाइएको नाकाबन्दीबारे उठेका चिन्तामाथि विचार गर्ने बताएका छन्।

स्रोतका अनुसार दुवैबीच यस विषयमा विस्तृत छलफल भएको थियो। आसिम मुनीरले ट्रम्पलाई होर्मुजमा नाकाबन्दी जारी रहे इरानसँगको वार्ता अघि बढ्न नसक्ने बताएका थिए। त्यसको जवाफमा ट्रम्पले यस विषयमा सोच्ने बताएका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : ३९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु