अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण « Khabarhub

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित पीएएफ बेस नूर खानमा पछिल्लो ४८ घण्टामा कम्तीमा ६ वटा अमेरिकी सैन्य विमान अवतरण गरेका छन्।

फ्लाइट ट्र्याकिङ डाटाअनुसार चारवटा विमान पछिल्ला दुई दिनमा अवतरण गरेका हुन् । थप दुई विमान सोमबार पुगेका छन्। सबै विमान आफ्नो काम सकेर फर्किसकेका छन्।

रिपोर्टअनुसार ती विमानमार्फत् अमेरिकाले सञ्चार उपकरण, मोटरकेड सहयोग सामग्री तथा अन्य आवश्यक स्रोतसाधन ल्याइएको छ।

पीएएफ बेस नूर खान इस्लामाबादका लागि प्रमुख भीआईपी प्रवेश बिन्दु मानिन्छ, जहाँबाट विदेशी प्रतिनिधिमण्डलको आवतजावत हुने गर्छ।

ट्रम्प र पाकिस्तानी सेना प्रमुखबीच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका सेना प्रमुख आसिम मुनीरसँग टेलिफोन संवाद गरेका छन्।

एक पाकिस्तानी सुरक्षा स्रोतका अनुसार ट्रम्पले होर्मुज क्षेत्रमा लगाइएको नाकाबन्दीबारे उठेका चिन्तामाथि विचार गर्ने बताएका छन्।

स्रोतका अनुसार दुवैबीच यस विषयमा विस्तृत छलफल भएको थियो। आसिम मुनीरले ट्रम्पलाई होर्मुजमा नाकाबन्दी जारी रहे इरानसँगको वार्ता अघि बढ्न नसक्ने बताएका थिए। त्यसको जवाफमा ट्रम्पले यस विषयमा सोच्ने बताएका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : ३९ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम