यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल « Khabarhub

यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलीशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले एक विकेट लिए ।

त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए ।

कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३ र शेर मल्ल ० रनमा आउट भए । बलिङमा युएईका मुहम्मद जुहेबले ३, जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले एकएक विकेट लिएका थिए । नेपाल र युएईबिचको दोस्रो टी-२०आई खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : ५१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल