बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड « Khabarhub

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारी र समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) द्वारा सोमबार आयोजित ‘बाल अधिकार संरक्षण र सम्वर्द्धनमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा अभियानकर्मी, पत्रकारिताका प्राध्यापक तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिले योजनाबद्ध र परिणामूलक काम गरिनुपर्नेमा जोड दिएका हुन्।

मौलिक हकका रूपमा रहेको शिक्षा, स्वास्थ्य, पोषणलगायत विषयमा निरन्तर आवाज उठाइरहनुपर्नेमा जोड दिँदै वक्ताहरूले अन्तर्राष्ट्रिय बालअधिकार अभिसन्धि, मुलुकको संविधान र कानुनअनुसार बालबालिकाले बाँच्न पाउने, विकास, संरक्षण र सहभागिताका सवालमा भएका कार्य सकारात्मक रहे पनि पर्याप्त नभएको जनाए।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले बालअधिकारका सवालमा सरकारी, गैरसरकारी तथा सञ्चार क्षेत्रबाट काम हुँदै आए पनि अधिकार उल्लङ्घनका घटना अन्त्य हुन नसक्नका कारण पहिल्याएर अघि बढ्न सुझाव दिए। उनले बालबालिकाका सवालमा सरकारलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमहरू संवेदनशील हुनुपर्नेमा भन्दै प्रेस काउन्सिल नेपालबाट जारी भएको ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ को कार्यान्वयनमा जोड दिए।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले बालबालिकासम्बन्धी ऐनलाई परमार्जित र एकीकृत रूपमा ल्याउनुपर्ने बताए। उनले बालबालिकालाई राष्ट्रिय गौरवका आयोजनामा समाविष्ट गरिनुपर्ने, बालबालिका बजेट ‘कोड’ कायम गरिनुपर्ने, बाल विवाह अन्त्यको रणनीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। बालबालिकासम्बन्धी सवाल हेर्ने छुट्टै आयोग वा राष्ट्रिय मानवअधिकार आयोगमा आयुक्त हुनुपर्नेमा सरकारलाई ध्यानाकर्षण गराए।

प्लान इन्टरनेसनल नेपालका नीति पैरवी व्यवस्थापक इर्साद अन्सारीले बालअधिकार संरक्षण र सम्बर्द्धनका लागि सरकार, गैरसरकारी क्षेत्र र सञ्चारक्षेत्रको सहकार्य आवश्यक रहेको बताए। छलफलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सूचना अधिकारी कृष्ण गौतमलगायत पत्रकारहरूको सहभागिता थियो।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १० : ३० बजे

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता

आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय