आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित « Khabarhub

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ ।

जयपुरमा मंगलबार राति सम्पन्न खेलमा लखनऊले दिएको २ सय २१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानको जितमा नायक बनेका सूर्यवंशीले मात्र ३८ बलमा ९३ रनको विष्फोटक इनिङ्स खेले । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊ सुपर जाइन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २० रनको बलियो योगफल खडा गरेको थियो । तर, राजस्थानका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनका सामु लखनउको त्यो योगफल पर्याप्त हुन सकेन ।

यो जितसँगै राजस्थान १४ अंकसहित तालिकाको चौथो स्थानमा मजबुत बनेको छ भने पराजित लखनऊ पुछारमा छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ५ : ५६ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले