नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट « Khabarhub

नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

नेपाललाई मलेसियाले दियो ६८ रनको सामान्य लक्ष्य


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई ६७ रनमा अलआउट गरेको छ । एसियाली महिला छनोटको तयारीस्वरुप भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियाविरुद्ध कसिलो बलिङ गरेको हो ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको हो ।

नेपाली बलरको उत्कृष्ट प्रदर्शनका कारण घरेलु टोली मलेसिया ठूलो स्कोर बनाउन असफल रह्यो । नेपालका लागि पूजा महतोले ४ ओभर बलिङ गर्दा मात्र १३ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्यायले ४ ओभरमा १७ रन दिएर २ विकेट हात पारिन । रिया शर्माले २.५ ओभरमा १३ रन दिएर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले समान एकएक विकेट हात पारे ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य ब्याटर नेपाली बलिङसामु निरिह देखिए । अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ९ : ५२ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको