नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट « Khabarhub

नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

नेपाललाई मलेसियाले दियो ६८ रनको सामान्य लक्ष्य


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई ६७ रनमा अलआउट गरेको छ । एसियाली महिला छनोटको तयारीस्वरुप भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियाविरुद्ध कसिलो बलिङ गरेको हो ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको हो ।

नेपाली बलरको उत्कृष्ट प्रदर्शनका कारण घरेलु टोली मलेसिया ठूलो स्कोर बनाउन असफल रह्यो । नेपालका लागि पूजा महतोले ४ ओभर बलिङ गर्दा मात्र १३ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्यायले ४ ओभरमा १७ रन दिएर २ विकेट हात पारिन । रिया शर्माले २.५ ओभरमा १३ रन दिएर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले समान एकएक विकेट हात पारे ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य ब्याटर नेपाली बलिङसामु निरिह देखिए । अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ९ : ५२ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले