चिनियाँ राष्ट्रपतिको चेतावनी : मध्यपूर्व द्वन्द्व नरोकिए क्षेत्रीय अस्थिरता थप बढ्न सक्छ « Khabarhub

चिनियाँ राष्ट्रपतिको चेतावनी : मध्यपूर्व द्वन्द्व नरोकिए क्षेत्रीय अस्थिरता थप बढ्न सक्छ


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति शी चिनफिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताका क्रममा मध्यपूर्वमा तत्काल सबै हिंसा अन्त्य गर्न अपिल गरेका छन्।

उनले खाडी क्षेत्र अहिले युद्ध र शान्तिको बीच अत्यन्त महत्वपूर्ण मोडमा रहेको बताए।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति शीले सबै पक्षलाई तत्काल द्वन्द्व रोक्न र तनाव घटाउन अपिल गरेका छन्।

उनले वर्तमान स्थिति अत्यन्त संवेदनशील रहेको र यदि छिटो नियन्त्रणमा नल्याइए क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चेतावनी दिए।

मध्यपूर्वमा इरान र इजराइलबीच बढ्दो तनावपछि विश्वका धेरै देशले संयमता अपनाउन अपिल गरिरहेका छन्। खाडी क्षेत्रमा तनाव बढ्दा वैश्विक ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुने जोखिम पनि बढेको छ।

पुटिन र शीको भेटमा युक्रेन युद्ध र मध्यपूर्वको पछिल्लो स्थितिबारे पनि छलफल भएको थियो। दुवै देशले वैश्विक मुद्दाहरूमा आपसी समन्वय कायम राख्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ५० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने