इरानमाथि आक्रमणबारे अमेरिकी संसद्मा चर्को बहस, सांसद मोल्टनले भने- हामी यो युद्ध हार्दैछौं « Khabarhub

इरानमाथि आक्रमणबारे अमेरिकी संसद्मा चर्को बहस, सांसद मोल्टनले भने- हामी यो युद्ध हार्दैछौं


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकामा इरान युद्धबारे संसदीय सुनुवाइ चलिरहेको छ। इरानमाथि हमला भएको दुई महिना भइसक्दा पनि निकास ननिस्किएका बेला अमेरिकी संसद्मा तीखो बहस देखिएको छ।

बहसका क्रममा सहभागी प्रतिपक्षी डेमोक्रेट सांसद सेथ मोल्टनले अमेरिका यो युद्ध हार्दै गरेको देखिएको बताएका छन् । उनले यसो भनिदिँदा यूएस सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कूपर रिसाएका थिए।

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्समा सुनुवाइका क्रममा सांसद सेथ मोल्टनले इरान युद्धबारे प्रश्न उठाएका थिए। मोल्टनले ‘वास्तवमा यो युद्ध जित्ने योजना के हो ?’ भनेर सोधेका थिए।

इराक युद्धमा अमेरिकी मरीन कर्प्समा सेवा गरेका मोल्टनले ‘हामी यो युद्ध हार्दैछौँ जस्तो लागिरहेको छ’ भनेका छन्। उनले भने, ‘अहिलेसम्म न परमाणु सम्झौता भएको छ, न त स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुल्न सकेको छ, हामी जटिल अवस्थामा जाँदैछौँ ।’

मोल्टनले बहसका क्रममा यो युद्ध सही दिशातिर नगएको भन्दै सरकारको आलोचना गरेका छन् ।‘यो युद्ध सही दिशामा जाँदैछैन’, उनले भने, ‘यो गल्तीका लागि हामीलाई कति थप अमेरिकीहरूको ज्यान दिनुपर्ने हो ?’

यी प्रश्नमा एडमिरल ब्राड कूपर रिसाएका थिए। जवाफ दिँदै उनले भने, ‘मलाई लाग्छ तपाईंको यो कथन पूर्ण रूपमा अनुचित छ।’

यसअघि कूपरले अमेरिकाले इरान युद्धमा आफ्ना सबै सैन्य लक्ष्य हासिल गरेको दाबी गरेका थिए। उनले अहिले युद्धविराम लागू रहेको बताउँदै अमेरिकी सेना हरेक स्थितिका लागि तयारी अवस्थामा बसेको बताएका थिए।

तर कूपर उक्त बहसका क्रममा फेब्रुअरी २८ मा १८० जना बालबालिकाको ज्यान जाने गरी इरानको स्कूलमा भएको टम हक मिसाइल हमलाको जिम्मेवारी लिनबाट बच्न खोजे। उक्त हमलामा करिब १८० इरानी स्कूले बालबालिका मारिएका थिए।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १२ : ०५ बजे

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा अहिले आकस्मिक

दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी

तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका

काभ्रेको नमोबुद्धमा बर्ड फ्लुको संक्रमण पुष्टि

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ