एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो « Khabarhub

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था नगरी भूमिहीन सुकुम्वासीको घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।  

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले भूमिहीन सुकुम्वासीहरूलाई उचित व्यवस्थापन गर्नुपर्नेमा भरपर्दो बसोबासको व्यवस्था नगरी घर टहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका हुन् । 

उनले भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरी प्रतिमहिना १५ हजार दिने निर्णय समेत व्यवहारिक नभएको धारणा राखे  । सरकारको राहतले काठमाडौंमा एउटा परिवार बाच्न नसक्ने भन्दै उनले सरकारले सुकुम्वासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरेको तर्क गरे । 

भूमिहीन सुकुम्वासी होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले बस्नुपरेको उल्लेख गर्दै सांसद बरालले  स्थायी प्रबन्धका लागि तत्काल सरकारले नयाँ व्यवस्था गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  १२ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली