एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो « Khabarhub

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था नगरी भूमिहीन सुकुम्वासीको घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।  

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले भूमिहीन सुकुम्वासीहरूलाई उचित व्यवस्थापन गर्नुपर्नेमा भरपर्दो बसोबासको व्यवस्था नगरी घर टहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका हुन् । 

उनले भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरी प्रतिमहिना १५ हजार दिने निर्णय समेत व्यवहारिक नभएको धारणा राखे  । सरकारको राहतले काठमाडौंमा एउटा परिवार बाच्न नसक्ने भन्दै उनले सरकारले सुकुम्वासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरेको तर्क गरे । 

भूमिहीन सुकुम्वासी होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले बस्नुपरेको उल्लेख गर्दै सांसद बरालले  स्थायी प्रबन्धका लागि तत्काल सरकारले नयाँ व्यवस्था गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १२ : २४ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको