खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन « Khabarhub

खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

खानेपानीमा समेत कर लगाउँदा उपभोक्ताहरू मर्कामा परेको भन्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले खानेपानीमा लगाइएको कर छुट गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरूले विद्युत् महसुल छुटको समेत माग गरेका छन् । फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले फेडवासनले खानेपानीमा सरकारले २५ प्रतिशत कर लगाउने प्रयास गरेको भन्दै तत्काल कर लगाउने निर्णय फिर्ता लिन माग गरे । 

खानेपानी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनले बताए । प्रदर्शनमा सहभागीहरूले उपभोक्ताहरूको अधिकार सुनिश्चित गर, खानेपानीमा लगाइएको सबै प्रकारका कर छुट गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  १ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली