दोलखाका ९ स्थानीय तहको बेरुजु ११ करोड १४ लाख « Khabarhub

दोलखाका ९ स्थानीय तहको बेरुजु ११ करोड १४ लाख


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयको सार्वजनिक ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणमा दोलखाका स्थानीय सरकारहरूको बेरुजु अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ । 

अघिल्लो वर्ष जिल्लाका ९ पालिकाको बेरुजु रकम १४ करोड ३९ लाख रहेकोमा गत आव २०८१/०८२ मा ११ करोड १४ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको हो । औसत अघिल्लो वर्षको तुलना गत आव २०८१/०८२ मा ३ करोड २४ लाख ७ हजार रुपैयाँले बेरुजु घटेको देखिएको छ ।

कुन पालिकाको कति देखियो बेरुजु
 
दुई वटा नगरपालिका ७ गाउँपालिका रहेको दोलखामा सबैभन्दा कम बेरुजु कायम गर्ने पालिका शैलुङ गाउँपालिका बनेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ५७ लाख ८६ हजार बेरुजु रहेको यस गाउँपालिकाको बेरुजु घटेर आव २०८१/०८२ मा ४८ लाख ८८ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी मेलुङ गाउँपालिकाको बेरुजु ४९ लाख ७१ हजार देखिएको छ । मेलुङको अघिल्लो वर्षको बेरुजु रकम ६८ लाख ७७ हजार रहेको थियो ।

त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकाको बेरुजु ८४ लाख रहेको छ । यस पालिकाको अघिल्लो आर्थिक वर्षको बेरुजु रकम २ करोड ९ लाख ९४ हजार उल्लेख भएकोमा गतमा भने बेरुजुमा सुधार आएको हो।त्यस्तै तामाकोशी गाउँपालिकाको बेरुजु ५५ लाख ५८ हजार रहेको छ । 

अघिल्लो आवमा तामाकोशीको बेरुजु ८७ लाख १० हजार थियो । त्यसैगरी जिल्लाको जिल्लाको वैतेश्वर गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख रहेको छ । वैतेश्वरको अघिल्लो आवको बेरुजु रकम १ करोड ३३ लाख रहेको थियो ।

त्यसैगरी जिल्लाको विगु गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख ८८ हजार रहेको छ । विगुको अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को बेरुजु ५ करोड ४३ लाख ४५ हजार रहेको थियो ।

दुई नगरपालिका जिरी र भीमेश्वरको बेरुजु कति ?

जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाको बेरुजु अघिल्लो वर्षको तुलना भीमेश्वरको घट्दा,जिरी नगरपालिकाको बढेको पाइएको छ ।

अघिल्लो आवमा जिल्लामै सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको जिरी नगरपालिकाको बेरुजु रकम गत आवमा बढेको पाइएको छ । अघिल्लो वर्ष २०८०/०८१ मा १७ लाख ४२ हजार बेरुजु रहेको जिरीमा गत आवमा भने बढेर ८५ लाख ८८ हजार बेरुजु कायम भएको छ। 

त्यसैगरी भीमेश्वर नगरपालिकाको अघिल्लो आव २०८०/०८१ मा ३ करोड १५ लाख बेरुजु रहेको यस नगरपालिकाको बेरुजु भने, गत वर्ष घटेर आएको छ । भीमेश्वरको बेरुजु १ करोड ५६ लाख देखिएको छ ।

त्यसैगरी कालिञ्चाेक गाउँपालिकाको बेरुजु रकम पनि घटेको पाइएको छ । यस गाउँपालिकाको बेरुजु ९२ लाख ६८ हजार रहेको छ ।

कालिञ्चाेककाे अघिल्लो आर्थिक वर्षको बेरुजु १ करोड ९१ लाख ९४ हजार रहेको थियो । जिल्लाका स्थानीय तहरुमा धेरैजसो नीतिगत बेरुजु रहेको पाइएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  २ : २१ बजे

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व