सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव « Khabarhub

सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’ बहिष्कारको परे तर एकको व्यापार ठीकठाक देखिँदा अर्को संकटमा परेको छ ।

नथिया कुप्रथाको घटनामा बनेको फिल्म ‘लालीबजार’ले सुरुवाती ११ दिनमा ४ करोड २९ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।

अब एक साता फिल्मले मध्यम व्यापार गरे बक्स अफिसबाटै लगानी सुरक्षित गर्ने देखिन्छ ।

नायिका स्वस्तिमा खड्का स्टारर यस फिल्मले बहिष्कार ट्रेन्ड र कानुनी प्रक्रिया दुवै सामना गर्‍यो। बादी समुदायको नैतिकतामा प्रश्न उठ्ने फिल्म बनाएको भन्दै सम्बन्धित अभियन्ताहरूले अदालती प्रक्रियामा अपनाएका थिए ।

साथै, जेन-जी आन्दोलनमा सक्रिय बनेका स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतलाई समेत जोडेर यो फिल्म बहिष्कारमा परेको थियो । अदालतले फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा निर्माण पक्षसँग ऐक्यबद्धता जनाउन निश्चल माइतीघरमा धर्ना बस्न पुगेका थिए ।

निश्चलको उक्त संलग्नताका कारण फिल्म बहिष्कारमा परेको हो ।

गायकसमेत रहेका ‘मालती मंगले’का निर्माता भने तनावमा परेका छन् । ढकालले फिल्म प्रचारका क्रममा दिएको अन्तर्वार्तामा जेन-जी आन्दोलनका आडमा जेलबाट भागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई घर पुर्याउन आफ्नै गाडी प्रयोग र आफू नै चालक रहको खुलाएका थिए ।

यही कारण उनको फिल्म बहिष्कारमा परेको हो । सभापति लामिछानेले नै फिल्मको प्रिमियरमा पुगेर ‘रामकृष्ण एक घामले सुक्ने ताल’ होइन भन्दै ढाडस दिएका थिए ।

तर, उनको फिल्मको व्यापार एकदमै कमजोर देखिएको छ । सुरुवाती ९ दिनमा यस फिल्मको व्यापार ४४ लाख ७८ हजार मात्रै छ ।

घरेलु बक्स अफिसको कमजोर व्यापारले भन्दा पनि उनी विदेशी प्रदर्शकहरू बिच्किएर बढी तनावमा देखिन्छन् ।

उनले उक्त अन्तर्वार्ताका कारण विदेशी राइट्स किन्नेहरू बिच्किएको र फिल्मलाई ‘ब्याकफायर’ गरेको किटान गरी पठाएको मेसेज प्रस्तोताले सार्वजनिक गरेका छन् ।

अर्थात्, लगानी सुरक्षित गर्न बलियो मानिँदै आएको विदेश राइट्स बेच्नै रामकृष्णलाई संकट भएको छ । घरेलु बक्स अफिसमा कमजोर र विदेशी प्रदर्शक पनि टाढिएपछि रामकृष्ण यस फिल्मबाट घाटामा जाने सम्भावना उच्च देखिन्छ ।

यस फिल्ममा नायक विजय बराल र नायिका वर्षा राउत शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  २ : ३७ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच