ट्रम्पको सैन्य शक्तिमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी संसदबाट पारित « Khabarhub

ट्रम्पको सैन्य शक्तिमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी संसदबाट पारित


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव सिनेटमा ५०–४७ मतले पारित भएको हो । मतदानका क्रममा चार जना रिपब्लिकन सांसदले पनि विपक्षी डेमोक्रेटिक पार्टीलाई समर्थन गरेका थिए भने तीन रिपब्लिकन सांसद मतदानमा सहभागी भएनन् ।

यो प्रस्ताव कानुन बन्नुअघि अझै केही संवैधानिक प्रक्रिया पार गर्नुपर्नेछ । यदि प्रस्ताव अन्ततः कानुनका रूपमा लागू भयो भने ट्रम्प प्रशासनले इरानविरुद्ध सैन्य कारबाही जारी राख्न अमेरिकी संसद अर्थात् कांग्रेसको स्वीकृति लिनुपर्नेछ ।

हाल उक्त प्रस्तावमाथि सिनेटमा अन्तिम मतदान हुन बाँकी छ । त्यसपछि रिपब्लिकन बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पनि पारित हुनुपर्नेछ । यद्यपि त्यसपछि पनि राष्ट्रपति ट्रम्पले प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्नेछन् । यदि ट्रम्पले भिटो गरेमा त्यसलाई अस्वीकृत गर्न सिनेट र हाउस दुवैमा दुई(तिहाइ बहुमत आवश्यक पर्नेछ, जुन अहिलेको अवस्थामा कठिन मानिएको छ ।

यस प्रस्तावलाई विपक्षी दलका लागि ठूलो राजनीतिक सफलताका रूपमा हेरिएको छ । विपक्षी सांसदहरूले युद्ध सुरु गर्ने वा सेना परिचालन गर्ने अधिकार राष्ट्रपतिको मात्र नभई संसदको हुनुपर्ने तर्क गर्दै आएका छन् । अमेरिकी संविधानमा पनि युद्ध घोषणा गर्ने अधिकार कांग्रेसलाई दिइएको व्यवस्था छ ।

यो प्रस्ताव टिम केनले पेश गरेका हुन् । बहसका क्रममा उनले युद्धविरामको चर्चा भइरहेको समयमा राष्ट्रपति ट्रम्पले संसदसमक्ष आफ्नो रणनीति स्पष्ट गर्नुपर्ने बताएका थिए ।

डेमोक्रेट सिनेटर टिम केनले युद्ध सुरु गर्ने अधिकार संसदसँग रहेको उल्लेख गरे । उता ह्वाइट हाउसले भने ट्रम्पले अमेरिकी सुरक्षाका लागि आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै कदम चालेको दाबी गरेको छ ।

अमेरिकी कानुनअनुसार कुनै पनि राष्ट्रपतिले संसदको अनुमति बिना अधिकतम ६० दिनसम्म मात्र सैन्य कारबाही सञ्चालन गर्न सक्छन् । त्यसपछि युद्ध अन्त्य गर्न, कांग्रेसबाट अनुमति लिन, वा सेनाको सुरक्षित फिर्ताका लागि थप ३० दिनको समय माग्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ८ : २७ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य