भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते « Khabarhub

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ, उनकी श्रीमति २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र उनीकी श्रीमति २७ वर्षीया सङ्गीता रौनियार घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ८ : ५० बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र