चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण « Khabarhub

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) बीचको संयुक्त अन्तरिक्ष मिसनअन्तर्गत ‘सोलर विन्ड म्याग्नेटोस्फियर आयनोस्फियर लिङ्क एक्सप्लोरर (स्माइल)’ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

मङ्गलबार यो उपग्रह युरोपको अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पुगेको पुष्टि गरिएको छ । साथै, यसको सोलार प्यानलहरू पनि सफलतापूर्वक खुलिसकेका छन् र सम्पूर्ण प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको बताइएको छ ।

यो सफलतासँगै चीन र युरोपबीचको अन्तरिक्ष विज्ञान सहकार्यमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ । ‘स्माइल’ चीन र ईएसए बीचको पहिलो मिशन–स्तरीय संयुक्त परियोजना हो, जसले पृथ्वीको चुम्बकीय क्षेत्र (म्याग्नेटोस्फियर)को ठूलो संरचनालाई पहिलो पटक समग्र रूपमा अवलोकन गर्ने लक्ष्य राखेको छ ।

उपग्रहले सॉफ्ट एक्स–रे इमेजिङ प्रविधिको प्रयोग गर्दै पृथ्वीको चुम्बकीय क्षेत्रको विस्तृत अध्ययन गर्नेछ । यस मिसनबाट अन्तरिक्ष मौसम पूर्वानुमान र चुम्बकीय क्षेत्रसम्बन्धी आधारभूत भौतिक विज्ञानमा महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ९ : ३८ बजे

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च