पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ? « Khabarhub

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो ।

विभागका अनुसार पछिल्ला २४ घण्टामा सङ्खुवासभाको तुम्लिङटारमा ९५ मिलिमिटर, सुनसरीको चतरामा ८३ दशमलव चार मिलिमिटर वर्षा भएको छ । यस्तै, मकवानपुरमा ६७ दशमलव चार, तनहुँमा ६२, पर्वतमा ५० दशमलव चार मिलिमिटर वर्षा भएको छ । यी सबै ठाउँमा भारी वर्षा भएको हो ।

गएराति हुम्लामा भएको वर्षाले ठूलो भौतिक क्षति पुर्याएको थियो । हाल पनि सुनसुरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, पाल्पा र सोलुखुम्बुका केही क्षेत्रमा पानी परिरहेको विभागले जनाएको छ । तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । आज धनगढी, दिपायल र नेपालगञ्जमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ । काठमाडौँमा पनि अधिकतम तापक्रम २८ दशमलव चार डिग्री पुगेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार कोशी प्रदेशलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १० : ४२ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका