फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश « Khabarhub

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

अष्ट्रेलिया २–० गोलले पराजित


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ ।

शनिबार बिहान सम्पन्न समूह डी को खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका अन्तिम ३२ मा प्रवेश गरेको हो ।

योसँगै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्दै कीर्तिमान बनाएको छ ।

अमेरिकाका लागि एलेक्स फ्रिम्यानले एक गोल गरेका थिए । एक गोल भने अष्ट्रेलियाबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि ४३औँ मिनेटमा अमेरिकाका फ्रिम्यानले गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए ।

यसअघि भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हराएको थियो । अमेरिकाले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ । पराजित भएको अष्ट्रेलियाको समान खेलबाट ३ अंक छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ०६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर