फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित « Khabarhub

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेकाे छ ।

फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ काे खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए । कुन्हाले खेलको २३औं र ३६ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै, भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

लगातरको दोस्रो हारमा अंकको खाता खोल्न नसकेको हैटी बाहिरिएको छ । हैटी जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । 

यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ८ : १६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर