फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित « Khabarhub

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा टर्कीलाई १–० गोलले हराउँदै पाराग्वे विजयी भएको हो ।

पाराग्वेका माटियास गालार्जाले गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गरेको गोल पाराग्वेको जितका लागि निर्णायक बनेको थियो । योसँगै गालार्जा विश्वकप २०२६ मा अहिलेसम्म सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।

पहिलो हाफको इन्जुरी समयमा मिगेल अल्मिरोन रातोकार्ड पाएर बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि रक्षात्मक खेल्दै पाराग्वेले आफ्नो अग्रतालाई कायम राख्दा विजयी हुन पुग्यो ।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको पाराग्वे तालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको पनि ३ अंक नै छ । पराजित भएको टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आफ्नो पहिलो खेलमा टर्की अष्ट्रेलियासँग हारेकाे थियाे ।

समूह डी अन्तर्गत नै आज बिहान भएको खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । अमेरिकाको २ खेलबाट ६ अंक छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ११ : ०१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर