फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित « Khabarhub

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा टर्कीलाई १–० गोलले हराउँदै पाराग्वे विजयी भएको हो ।

पाराग्वेका माटियास गालार्जाले गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गरेको गोल पाराग्वेको जितका लागि निर्णायक बनेको थियो । योसँगै गालार्जा विश्वकप २०२६ मा अहिलेसम्म सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।

पहिलो हाफको इन्जुरी समयमा मिगेल अल्मिरोन रातोकार्ड पाएर बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि रक्षात्मक खेल्दै पाराग्वेले आफ्नो अग्रतालाई कायम राख्दा विजयी हुन पुग्यो ।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको पाराग्वे तालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको पनि ३ अंक नै छ । पराजित भएको टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आफ्नो पहिलो खेलमा टर्की अष्ट्रेलियासँग हारेकाे थियाे ।

समूह डी अन्तर्गत नै आज बिहान भएको खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । अमेरिकाको २ खेलबाट ६ अंक छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ११ : ०१ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या