चुरे बस्तीमा बाघ आतंक « Khabarhub

चुरे बस्तीमा बाघ आतंक


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतंक बढेको हो । 

गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ । गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटे बाघ भएको शुक्रबार राति पहिचान भएको छ ।

‘लगातार चार दिनदेखि बर्दिबास–३ को रातु नदीको पश्चिमतिरको पाटु डाँडामा राति बोका, बाख्रा र सुँगुर मारेको थियो, कुन जन्तु हो एकिन भएको थिएन’, बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टले भने, ‘शुक्रबार राति भने पहरा दिएर बसेका गाउँलेले सानो बच्चा (डमरु) सहित पाटेबाघ देखेका हुन् ।’

राँको बालेर टिन ठटाएपछि बाघ घना जङ्गलभित्र पसेको पाटुकै बासिन्दा कारेभोगटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेल खत्रीले बताए।

‘हाम्रो बस्तीमा बुधबार रातिदेखि लगातार सुँगुर, बोका र बाख्रा खोरबाटै थुतेर मारेको थियो, कहिले मार्यो चिनिएको थिएन’, खत्रीले भने,’हिजो शुक्रबार साँझैदेखि पहरा दिएर बस्यौँ, बच्चासहितको पाटे बाघ देखियो ।’ शुक्रबार राति बाघ जङ्गल पसेपनि स्थानीय आतंकित भएका छन् । 

बाघले बुधबार राति पाटु डाँडाका कृष्णबहादुर मगरको सुँगुरको चार-पाँच धार्नीको पाठो र बिहीबार राति रुपमायाँ खड्काको आठ-नौ धार्नीको बोका र गर्भिणी बाख्रा खोरबाटै थुतेर लगेर मारेको थियो ।

यसअघि करिब १५ किलोमिटर पश्चिमको बर्दिबास–५ वरडाँडामा बाघले साताको प्रारम्भमा सो बस्तीका प्रेमबहादुर थिङ्को लैनो गाई र वृजबहादुर थिङ्को बाछो मारेको थियो ।

वरडाँडाका बासिन्दाले पनि मंगलबार राति राँको बालेर होहल्ला गरेपछि बाघ पूर्व लागेको थियो ।

बाघको आतंक बढेपछि बस्ती वरपर खेतबारी हिँडडुलमा पनि डर भएको पाटुकै बासिन्दा ओमबहादुर खड्का बताउँछन् । अहिले चुरे काछका बासिन्दाहरु बाघ बस्ती पस्न नदिन वनसम्बन्ध अधिकारीसँग गुहार लगाइ रहेका छन्  । 

यसैबीच, चुरे क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति र वनसम्बद्ध यस क्षेत्रका कार्यालयले साँझपख हिँडडुल नगर्न, बस्ती वरपर चनाखो भएर रहन र घरपालुवा पशुबस्तु खोर वा गोठमा बन्दिलो गरी सुरक्षित राख्न अपिल गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : १३ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर