राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल « Khabarhub

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको रक्षा गर्न सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रको हितको संरक्षण आफ्नो दलसहित सबै जिम्मेवार राजनीतिक शक्तिहरूको साझा दायित्व भएको उल्लेख गरे। उनले त्यसका लागि क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने पार्टीको नीति रहने स्पष्ट पारे।

उनले जनता, राष्ट्र र रूपान्तरणको पक्षमा स्पष्ट दृष्टिकोणका साथ नेकपा अघि बढ्ने दाबी पनि गरे।

त्यसैगरी सहसंयोजक नेपालले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि बढिरहेको टिप्पणी गर्दै ठूलो जनमत प्राप्त सरकार ‘दम र अहंकार’ बाट प्रेरित भएको आरोप लगाए। उनले सरकारको आलोचना गर्दा आफूहरूलाई असहिष्णु भएको आरोप लाग्ने गरे पनि नेकपा सरकारको सय दिनको कार्यशैली हेरेर मात्र प्रतिक्रिया दिने अवस्थामा रहेको दाबी गरे।

भेलामा उनले सरकारको नीति र व्यवहारबारे पार्टीको निरन्तर खबरदारी रहने पनि बताए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ३९ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,