राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल « Khabarhub

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको रक्षा गर्न सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रको हितको संरक्षण आफ्नो दलसहित सबै जिम्मेवार राजनीतिक शक्तिहरूको साझा दायित्व भएको उल्लेख गरे। उनले त्यसका लागि क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने पार्टीको नीति रहने स्पष्ट पारे।

उनले जनता, राष्ट्र र रूपान्तरणको पक्षमा स्पष्ट दृष्टिकोणका साथ नेकपा अघि बढ्ने दाबी पनि गरे।

त्यसैगरी सहसंयोजक नेपालले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि बढिरहेको टिप्पणी गर्दै ठूलो जनमत प्राप्त सरकार ‘दम र अहंकार’ बाट प्रेरित भएको आरोप लगाए। उनले सरकारको आलोचना गर्दा आफूहरूलाई असहिष्णु भएको आरोप लाग्ने गरे पनि नेकपा सरकारको सय दिनको कार्यशैली हेरेर मात्र प्रतिक्रिया दिने अवस्थामा रहेको दाबी गरे।

भेलामा उनले सरकारको नीति र व्यवहारबारे पार्टीको निरन्तर खबरदारी रहने पनि बताए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ३९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय