समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा « Khabarhub

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले शनिबार इरानको भ्रमण गरेका छन् । 

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेपछि तेहरान र वासिङ्टनबीच शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने तय भएको थियो तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानबाट विद्युतीयप्रतिमा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो ।

तस्निमसहित इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाक्वी शनिबार उत्तरपूर्वी शहर मशहादमा अवतरण गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यसअघि आइएसएनएलाई दिएको जानकारीअनुसार पाकिस्तानका गृहमन्त्री शनिबार दिउँसो इरान पुग्नुहुने बताएका थिए ।

भ्रमणका क्रममा नक्वीले आफ्ना इरानी समकक्षी एस्कान्दर मोमेनी र विदेशमन्त्री अब्बास अराघचीसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । तेहरान र वासिङ्टनबीच पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको रुपमा रहेको र यसै साता घोषणा गरिएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायली गठबन्धनले गरेको आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र कैयौँ वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको थियो । इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफी कारबाही गर्यो जसले अप्रिलमा भएको युद्धविरामअघि यस क्षेत्रका देशहरूलाई युद्धमा तानेको थियो । 

इरानले संयुक्त राज्य अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहीबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने बृहत् सम्झौतामा थप वार्ता गर्नु हो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ६ : १७ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि