राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन « Khabarhub

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेका छन्।

शनिबार अपराह्‍न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भई जात्रा अवलोकन गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथ तथा जीवित देवी कुमारीको दर्शनसमेत गरे।

परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने गरिन्छ। यस वर्ष पनि गुठी संस्थानका कर्मचारीले सर्वसाधारण र विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो प्रदर्शन गरेका थिए।

नेपाली समाजमा रातो मच्छिन्द्रनाथलाई अन्नदाता, वर्षा गराउने तथा अनिष्ट र अनिकालबाट रक्षा गर्ने देवताका रूपमा मान्ने गरिन्छ। यही कारण यस जात्राको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्व विशेष रहेको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ६ : ४८ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,