अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन « Khabarhub

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पोखरा र लुम्बिनीमा विशेष योग प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।

भारतीय राजदूतावासले शनिबार पोखराको फेवाताल किनारमा योग प्रदर्शन कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा स्थानीय समुदाय, विभिन्न योग संस्थाका प्रतिनिधि, भारतीय सेनाका भूपू सैनिक तथा पोखरास्थित भारतीय दूतावासको पेन्सन पेइङ अफिस (पीपीओ) का अधिकारी तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता थियो।

यस्तै, भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर तथा इटरनल पिस फ्लेम नजिक योग प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। अन्तर्राष्ट्रिय योग दिवसको वार्षिक उत्सवअन्तर्गत आयोजित कार्यक्रममा ६ सयभन्दा बढी योगप्रेमीहरूको सहभागिता रहेको थियो।

भारतीय राजदूतावासका अनुसार यी कार्यक्रमहरू योगका माध्यमबाट स्वास्थ्य, सद्भाव र समग्र कल्याणका सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘स्वस्थ बुढ्यौलीका लागि योग’ रहेको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ८ : ०४ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि