कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु « Khabarhub

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता हुनुभएको थियो । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो ।

शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए । नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो ।

उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ८ : ३० बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि