पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै « Khabarhub

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ ।

केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम रहेको छ ।भलै तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी नै रहने छ ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन । तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ । पूर्वमा मनसुनी वायुको प्रभाव रहेको तर कमजोर रहेको जनाइएको छ । यद्यपि देशका केही मापन केन्द्रमा भारी वर्षा भएको छ ।

आज कहाँकहाँ पर्यो भारी वर्षा ?
विभागका अनुसार आज राति साढे ८ बजेको अभिलेखमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

यस्तै, पर्वतमा ६८, कास्कीमा ५१, लमजुङमा ६०, खोटाङमा ५५।६, मोरङ र सुनसरीमा ६३÷६३ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो । हल्कादेखि मध्यम वर्षा भने अन्य धेरै मापन केन्द्रमा भएको छ । यद्यपि लुम्बिनी सुदूरपश्चिम र कणाली प्रदशेमा भने खासै वर्षा हुन सकेको छैन ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

यस्तै, कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग तथा अन्य एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : १२ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर