युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट « Khabarhub

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमणलाई कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो ।

इरानले अमेरिका र इरानबीच हालै भएको शान्ति समझदारीको पहिलो शर्त नै लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दाबी गरेको छ। तर, इजरायलले लेबनानमा आक्रमण जारी राखेको भन्दै तेहरानले वासिङ्टनमाथि प्रतिबद्धता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ ।

गत जुन १७ मा अमेरिका र इरानबीच युद्ध अन्त्य तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। उक्त समझदारीमा लेबनानमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने विषय पनि समावेश गरिएको थियो ।

यद्यपि, त्यसपछि पनि इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको आरोप छ। केही दिनअघि अमेरिका र अन्य मध्यस्थकर्ताको पहलमा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरिएको भए पनि त्यो लामो समय टिक्न सकेन । युद्धविराम लागू भएको केही घण्टामै पुनः झडप सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रिपोर्टहरूका अनुसार इजरायली सेनाले ड्रोन तथा तोपखानामार्फत दक्षिणी लेबनानका क्षेत्रमा आक्रमण गरेको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको बताइएको छ। त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको हो।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएका छन्। उनले गाजा र लेबनानमा इजरायलका सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् ।

होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ। विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म जलडमरूमध्य पूर्ण रूपमा बन्द भएको पुष्टि गर्ने सैन्य गतिविधि नदेखिएको बताएका छन्। यस विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : ५२ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण