रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई शनिबार साँझ मूल बासस्थान बुङ्गमती फर्काइएको छ।

यससँगै उपत्यकाको सबैभन्दा लामो रथयात्रा विधिवत रूपमा समापन भएको छ ।मच्छिन्द्रनाथलाई खतमा बोकेर लैजाने क्रममा नख्खु क्षेत्रमा स्थानीयहरूले छ्वाली र खरको परम्परागत राँको बालेर भगवानको स्वागत गरेका थिए ।

राँकोको उज्यालो र परम्परागत बाजागाजाका बीच करुणामयलाई बुङ्गमती मन्दिरमा भित्र्याइएको छ। संस्कृति अनुसार अबको ६ महिना भगवान बुङ्गमतीमै रहनुहुनेछ। तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ४५ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर