आज २०८३ साल साउन ४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ४ गते सोमबारको राशिफल


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ४ गते सोमबार सन् २०२६ जुलाई २० तारिख। असार शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। पेटसम्बन्धी स्वास्थ्य समस्या हुन सक्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। राजनीतिमा आज चुप लागेर बन्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

वृष : मन प्रशन्न रहनेछ। राज्यको माथिल्लो तहका मान्छेबाट सहयोग मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : आज तपाईंको खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। परिवारमा तपाई शंकाको घेरामा पर्नुभएको छ। स्वास्थ्य र शिक्षामा भने सहजता रहनेछ।

कर्कट : आम्दानीका दृष्टिले :रोतहरु खुल्दै जानेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। सम्पत्तिको पछाडि दौडिएमा घाटा हुनेछ।

सिंह : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ।

कन्या: आज बोलीमा सर:वतीको बास छ । बोलीको प्रभावले कामहरु बन्नेछन् । स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। अर्काको सल्लाह लिएर अघि बढ्नुहोला। एकल निर्णयले फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

तुला : आज कुरा काट्नेहरु सक्रिय छन्। तपाईंमाथि श्रमशोषण गर्ने धेरै छन्। स्वास्थ्य र शिक्षामा भने तपाईंले गरको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग लिएर अघि बढ्दा दिन सहज बित्नेछ ।

वृश्चिक : दिन राम्रो छ। परिवारमा घुमघामको योजना बन्नेछ। मन प्रशन्न हुनेछ। पढाई र प्रेम दुवैमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

धनु : शुभ समाचार प्राप्त हुनेछ । बिहान उठेर वरपिपलको दर्शन र शिव भजन सुन्नुहोला। विज्ञको सहयोग लिएर काम गर्दा नाफा हुनेछ।

मकर : गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढ्नु फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। वैदेशिक क्षेत्र पनि आज सबल देखिन्छ।

कुम्भ :  सम्पत्ति खर्च हुनेछ ।  राजनीति र सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। नयाँ व:त्र धारण गर्न सकिन्छ। पराक्रम बढ्नेछ। आज यात्रा नगर्नु उचित हुन्छ ।

मीन : स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ५ : ०१ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले