विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु « Khabarhub

विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु

'हार स्वीकार्न पनि जान्नुपर्छ'अर्जेन्टिनी प्रशिक्षक स्कालोनी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन् ।

यस विश्वकपमा उत्कृष्ट लयमा देखिएका कप्तान लियोनल मेसीका लागि फाइनल खेल सुखद रहन सकेन । मैदानमा स्पेनको पूर्ण दबाबका कारण मेसीले आफ्नो स्वभाविक जादु देखाउन सकेनन् । खेलको अन्तिम क्षणसम्म अर्जेन्टिनाका तर्फबाट जति पनि मुभहरू बने, ती सबै मेसीकै वरिपरि घुमेका थिए । यद्यपि, स्पेनको बलियो रक्षापंक्ति तोड्न उनी असफल रहे, जसका कारण मेसीका लागि यो खेल सुखद बन्न सकेन ।

स्पेनसँग फाइनलमा पराजित भएपछि मुख्य प्रशिक्षक लियोनल स्कालोनीले टोलीको प्रदर्शनमा गर्व गर्दै हारलाई सहज रूपमा स्वीकार्नुपर्ने बताएका छन् । निर्धारित ९० मिनेटको खेलपछि अतिरिक्त समयमा लम्बिएको फाइनलमा अर्जेन्टिनाले पराजय ब्यहोरेको हो ।

प्रशिक्षक स्कालोनीको भावुक अभिव्यक्ति दिँदै यस्तो बनाएका हुन् । खेलपछिको पत्रकार सम्मेलनमा भावुक रूपमा प्रस्तुत भएका प्रशिक्षक स्कालोनीले नतिजाबाट दुःखी भए पनि खेलाडीहरूले मैदानमा आफ्नो सर्वस्व सुम्पिएको बताए । “म स्तब्ध छु, तर हाम्रा खेलाडीले कति मिहिनेत गरे भन्नेमा म सचेत छु । यहाँसम्म आइपुग्न कति कठिन थियो भन्ने म बिर्सन्न,” स्कालोनीले भने, “हामीले जितमा मात्र होइन, हारमा पनि संयमता र महानता देखाउनुपर्छ । आज हामीले हारलाई कसरी स्वीकार्ने भन्ने प्रमाणित गरेका छौँ । स्पेन आजको खेलमा हामीभन्दा उत्कृष्ट थियो ।” उनले देशबासीलाई सम्बोधन गर्दै टोलीले मैदानमा रगत–पसिना बगाएको दाबी गरे ।

खेल समीक्षकका अनुसार फाइनल भिडन्तमा स्पेन पूर्ण रूपमा हाबी भएको थियो । खेलको सुरुवाती मिनेटदेखि अन्तिम समयसम्म बलमाथि नियन्त्रण राख्दै स्पेनले लगातार गोलका अवसर सिर्जना गरेको थियो । मैदानमा देखाएको आक्रामक र सुन्दर फुटबलका कारण स्पेन यो उपाधिको हकदार रहेको र फुटबल इतिहासका लागि यो नतिजा न्यायोचित भएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ५ : ५५ बजे

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार