अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’ « Khabarhub

अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले आफ्नो टोलीको ऐतिहासिक यात्राप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेपछि ६५ वर्षीय फुएन्तेले टोलीको प्रदर्शनको प्रशंसा गरेका हुन् ।

जितपछि प्रतिक्रिया दिँदै फुएन्तेले भने, “इमान्दारितापूर्वक भन्नुपर्दा यति बेला म ज्यादै गर्व महसुस गरिरहेको छु । यो टोलीलाई विश्वकप उपाधिसम्म पुर्‍याउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु ।” यस जितसँगै फुएन्ते विश्वकपको उपाधि जित्ने इतिहासकै सबैभन्दा पाको उमेरका प्रशिक्षक समेत बनेका छन् ।

अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गरेका फरवार्ड फेरान टोरेसले आफ्नो गोल सम्पूर्ण देशवासीलाई समर्पित गरे । स्पेनको कुल जनसंख्यालाई इंगित गर्दै उनले भने, “यो गोल खासमा चार करोड ७० लाख स्पेनी नागरिकहरूले गरेका हुन् । विपक्षी टोलीमा लियोनल मेसीजस्ता खेलाडी हुँदा जोकोही आत्तिनु स्वाभाविक हो, तर हामीले आफैंमा विश्वास राख्दै उत्कृष्ट टिम गेम खेल्यौँ ।”

त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ हात पारेका मिडफिल्डर रोड्रिले आफ्नो खुसी व्यक्त गर्दै भने, “मलाई लाग्छ, अहिले म बादलसँगै उडिरहेको छु । खेलअघि मैले साथीलाई विपक्षीसँग आँखा जुधाएर खेल्न भनेको थिएँ । एउटा खेलाडीका लागि पटक-पटक विश्वकप जित्ने अवसर सहजै आउँदैन, त्यसैले यो जित अतुलनीय छ ।”

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ८ : २७ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध