अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’ « Khabarhub

अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले आफ्नो टोलीको ऐतिहासिक यात्राप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेपछि ६५ वर्षीय फुएन्तेले टोलीको प्रदर्शनको प्रशंसा गरेका हुन् ।

जितपछि प्रतिक्रिया दिँदै फुएन्तेले भने, “इमान्दारितापूर्वक भन्नुपर्दा यति बेला म ज्यादै गर्व महसुस गरिरहेको छु । यो टोलीलाई विश्वकप उपाधिसम्म पुर्‍याउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु ।” यस जितसँगै फुएन्ते विश्वकपको उपाधि जित्ने इतिहासकै सबैभन्दा पाको उमेरका प्रशिक्षक समेत बनेका छन् ।

अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गरेका फरवार्ड फेरान टोरेसले आफ्नो गोल सम्पूर्ण देशवासीलाई समर्पित गरे । स्पेनको कुल जनसंख्यालाई इंगित गर्दै उनले भने, “यो गोल खासमा चार करोड ७० लाख स्पेनी नागरिकहरूले गरेका हुन् । विपक्षी टोलीमा लियोनल मेसीजस्ता खेलाडी हुँदा जोकोही आत्तिनु स्वाभाविक हो, तर हामीले आफैंमा विश्वास राख्दै उत्कृष्ट टिम गेम खेल्यौँ ।”

त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ हात पारेका मिडफिल्डर रोड्रिले आफ्नो खुसी व्यक्त गर्दै भने, “मलाई लाग्छ, अहिले म बादलसँगै उडिरहेको छु । खेलअघि मैले साथीलाई विपक्षीसँग आँखा जुधाएर खेल्न भनेको थिएँ । एउटा खेलाडीका लागि पटक-पटक विश्वकप जित्ने अवसर सहजै आउँदैन, त्यसैले यो जित अतुलनीय छ ।”

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ८ : २७ बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।