स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव « Khabarhub

स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र ओगटिएको वेस्ट बैंकका प्यालेस्टिनीले भव्य उत्सव मनाएका छन् । स्पेनिस टोलीको जित र स्पेन सरकारले प्यालेस्टाइनप्रति दर्शाएको समर्थनको कदर गर्दै उनीहरूले खुसीयाली मनाएका हुन् ।

विश्वकप फाइनल खेल हेर्नका लागि प्यालेस्टिनी गाजा र वेस्ट बैंकका विभिन्न स्थानमा अस्थायी स्क्रिन अगाडि भेला भएका थिए । खेलभरि स्पेनिस टोलीको समर्थनमा हुटिङ गरेका उनीहरू स्पेन च्याम्पियन बने लगत्तै रंगशाला र सडकमा निस्किएर खुसीयालीमा साटासाट गरेका थिए ।

प्यालेस्टिनीहरूले स्पेनको खेल कौशलको मात्र होइन, हालैका समयमा स्पेन सरकारले प्यालेस्टाइनको सार्वभौमसत्ता र अधिकारका पक्षमा देखाएको बलियो कूटनीतिक अडान र समर्थनप्रति पनि सम्मान व्यक्त गर्दै यो जितलाई उत्सवका रूपमा मनाएका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : २४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो