विश्वकप लिग-२: नेदरल्यान्ड्स शृङ्खला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२: नेदरल्यान्ड्स शृङ्खला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भिड्दै नेपाल


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियाको सामना गर्दैछ । नेदरल्यान्ड्समा आयोजना हुने यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ । नेपालले जुलाई २१ अर्थात मंगलबार नामिबियासँग खेल्दै शृङ्खलाको सुरुवात गर्नेछ भने जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ ।

लिग–२ शृङ्खला अघि नेपाली टोलीले बेलायत (यूके) मा विशेष तयारी गरेको थियो । त्यस क्रममा जर्सीविरुद्ध खेलिएका दुवै अभ्यास खेलमा जित हात पारेकाले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा ओर्लनेछ ।

हालसम्म लिग–२ मा २८ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । अर्कोतर्फ २२ अंकसहित नामिबिया सातौँ र ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

नेपाली टोली
रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १० : ४६ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता