रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी « Khabarhub

रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनले १६ वर्षपछि राष्ट्रिय फुटबल टिमको जर्सीमा अर्को तारा थपेको छ ।

स्पेनले पहिलो विश्कप सन् २०१० मा जितेको थियो । त्यसयताको विश्वकपमा यो टोली निकै कमजोर देखियो । क्वाटरफाइनलमा पनि पुग्न सकेन ।

युवा खेलाडीहरूको टोली स्पेनले अनुभवी टोली र विश्व फुटबलमा दबदबा राखेका खेलाडी सहभागी टोलीलाई हराउँदै विश्व च्याम्पियन बनेको हो ।

विश्व फुटबलमा दुई दशक राज गरेका दुई खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोन मेसीको टोलीलाई पनि स्पेनले दबाबमा राख्यो र च्याम्पियन बन्यो ।

स्पेनले पोर्चुगललाई राउन्ड अफ १६ मै हरायो । रोनाल्डो त्यहीबाट बिदा भए ।

सेमिफाइनमा स्पेनसँग विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता किलियन एम्बाप्पेको टोली फ्रान्स स्तब्ध भयो ।

यो टोली फाइनलमा अर्जेन्टिनासँग भिड्यो । अर्जेन्टिना साबिक विजेता र फर्ममा रहेका अनुभवि खेलाडी मेसीको कप्तानीमा थियो । तर, स्पेनअघि साबिक विजेता टिकेन ।

वर्तमान फुटलबमा चर्चामा रहेका तीन स्टारको बलिया टिमलाई हराएर स्पेन च्याम्पियन बन्यो । यो प्रतिष्ठाको विषय हो ।

अन्ततः १६ वर्षपछि स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्यो । फाइनलमा स्पेनका फेरान टोरेसको गोल निर्णायक बन्यो ।

स्पेन लामिन यमाल, पेड्रो पोरो, पाउ कुबार्सी, रोड्रीलगायतका युवा खेलाडी देशलाई च्याम्पियन बनाए ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : ३० बजे

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र