रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी « Khabarhub

रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनले १६ वर्षपछि राष्ट्रिय फुटबल टिमको जर्सीमा अर्को तारा थपेको छ ।

स्पेनले पहिलो विश्कप सन् २०१० मा जितेको थियो । त्यसयताको विश्वकपमा यो टोली निकै कमजोर देखियो । क्वाटरफाइनलमा पनि पुग्न सकेन ।

युवा खेलाडीहरूको टोली स्पेनले अनुभवी टोली र विश्व फुटबलमा दबदबा राखेका खेलाडी सहभागी टोलीलाई हराउँदै विश्व च्याम्पियन बनेको हो ।

विश्व फुटबलमा दुई दशक राज गरेका दुई खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोन मेसीको टोलीलाई पनि स्पेनले दबाबमा राख्यो र च्याम्पियन बन्यो ।

स्पेनले पोर्चुगललाई राउन्ड अफ १६ मै हरायो । रोनाल्डो त्यहीबाट बिदा भए ।

सेमिफाइनमा स्पेनसँग विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता किलियन एम्बाप्पेको टोली फ्रान्स स्तब्ध भयो ।

यो टोली फाइनलमा अर्जेन्टिनासँग भिड्यो । अर्जेन्टिना साबिक विजेता र फर्ममा रहेका अनुभवि खेलाडी मेसीको कप्तानीमा थियो । तर, स्पेनअघि साबिक विजेता टिकेन ।

वर्तमान फुटलबमा चर्चामा रहेका तीन स्टारको बलिया टिमलाई हराएर स्पेन च्याम्पियन बन्यो । यो प्रतिष्ठाको विषय हो ।

अन्ततः १६ वर्षपछि स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्यो । फाइनलमा स्पेनका फेरान टोरेसको गोल निर्णायक बन्यो ।

स्पेन लामिन यमाल, पेड्रो पोरो, पाउ कुबार्सी, रोड्रीलगायतका युवा खेलाडी देशलाई च्याम्पियन बनाए ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : ३० बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित