चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत « Khabarhub

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को क्षेत्रीय विदेशमन्त्री बैठकका क्रममा चीन र रुसका विदेशमन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएक छन्। अमेरिका–चीन सम्बन्ध तनावपूर्ण बन्दै गएको तथा क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनको यो अभिव्यक्तिलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

रुबियो यस साता मनिलामा हुने आसियान विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेइजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएपछि हुन लागेको यो भ्रमणले विशेष चासो पाएको छ। अमेरिका यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिमा रहेको मानिन्छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग सम्भावित भेटबारे सञ्चारकर्मीको प्रश्नमा रुबियोले त्यस्ता भेटवार्ताका लागि आफू खुला रहेको बताउनुभयो। यद्यपि सम्भावित छलफलका विषय संवेदनशील भएकाले त्यसबारे सार्वजनिक रूपमा टिप्पणी गर्न उपयुक्त नहुने उनको भनाइ थियो।

रुबियोले गत वर्ष क्वालालम्पुरमा आयोजित आसियान बैठकका क्रममा वाङ यीसँग भेटवार्ता गर्नुभएको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणपछि दुवै विदेशमन्त्रीबीच टेलिफोन संवादसमेत भएको थियो।

विदेशमन्त्रीका रूपमा रुबियोको यो फिलिपिन्सको पहिलो भ्रमण हो। अमेरिका–इरान द्वन्द्वका कारण उत्पन्न आर्थिक दबाबले दक्षिणपूर्वी एसियाली मुलुकहरू प्रभावित भइरहेका बेला उनको भ्रमणलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ।

रुबियोले आसियानलाई अमेरिकाको क्षेत्रीय संलग्नताको प्रमुख मञ्चका रूपमा वर्णन गर्दै भ्रमणका क्रममा भारत, जापान र अस्ट्रेलियासहितको ‘क्वाड’ समूहका विदेशमन्त्रीहरूसँग पनि बैठक गर्ने तथा विभिन्न द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  २ : ०७ बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच