बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने « Khabarhub

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित साउन ६ र ७ गते देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ।

आइतबार कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले काठमाडौं उपत्यकामा जलवायु परिवर्तन र नयाँ राजनीतिक अभियानलाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरिने बताए ।

साउन ६ गते तीन कार्यक्रम

शर्माका अनुसार साउन ६ गते बिहान ६ बजेदेखि ललितपुरस्थित यूएन पार्कबाट ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा सहभागी नहुनेका लागि २.५ किलोमिटरको छुट्टै रुट तय गरिएको छ।

प्रतियोगिताका विजेताले क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। चौथोदेखि छैटौं स्थानसम्म आउनेलाई पनि नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ।

कांग्रेसले ‘ग्रीन रन’मा सहभागी हुनेको संख्याका आधारमा ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट विस्थापित सुकुम्बासी परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको हितमा सहयोग गरिनेछ।

यसका साथै ‘जलवायु परिवर्तन र नेपाल : प्रकृति, लोकतन्त्र र भावी पुस्ता’ विषयमा जावलाखेलमा ‘ग्रीन टेबल’ संवाद आयोजना हुनेछ। कार्यक्रममा जलवायु विज्ञ मञ्जित ढकाल, अभिषेक यादव, डा. मनु कार्की तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सहभागी हुनेछन्।

त्यसै अवसरमा २० भन्दा बढी कलाकारले जलवायु संकटलाई चित्रण गर्ने ‘लाइभ पेन्टिङ’ गर्नेछन्। कांग्रेस सभापति गगनकुमार थापाले क्यानभासमा पहिलो स्केच बनाएर कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम छ।

कार्यक्रममा सहभागी सबैलाई मायाको चिनोस्वरूप एक–एक बिरुवा पनि वितरण गरिने कांग्रेसले जनाएको छ।

साउन ७ गते नयाँ अभियान

बीपी स्मृति दिवसको दोस्रो दिन साउन ७ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिने शर्माले बताए।

त्यही कार्यक्रममा कांग्रेस सभापति थापाले ‘जरा अभियान’पछि पार्टीको अर्को नयाँ अभियान सार्वजनिक गर्ने कार्यक्रम छ।

कांग्रेसले बीपी कोइरालाले प्रधानमन्त्री हुँदा वन राष्ट्रियकरण गर्ने निर्णय वर्तमान जलवायु संकटको सन्दर्भमा दूरदर्शी रहेको उल्लेख गर्दै यस वर्षको स्मृति दिवसलाई जलवायु चेतनासँग जोडेर मनाउन लागेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ५ : ०६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग