शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय « Khabarhub

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। 

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आइतबार बसेको सचिव बैठकले शासकीय सुधारको एक सय कार्यसूचीअन्तर्गत भएका सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायतका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकले शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि गठित कार्यदल तथा समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कनका लागि आन्तरिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ।

त्यस्तै, कार्यसूचीअन्तर्गत मन्त्रालय तथा निकायले पूर्णरूपमा सम्पन्न गर्न बाँकी रहेका कामलाई शीघ्र टुङ्ग्याउन सम्बन्धित सचिवले प्रगतिको नियमित अनुगमन गर्ने निर्णय गरिएको छ।

बैठकले ‘विजनेश प्रोसेस रि–इन्जिनियरिङ’मार्फत पहिचान भएका अनावश्यक प्रक्रिया, कागजात र तह हटाई निर्णय प्रक्रियालाई छिटो, सरल र नागरिकमैत्री बनाउने निर्णयसमेत गरेको छ।

यसैगरी, जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेका लागि गत असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय भएको छ।

सचिव बैठकले सेवा प्रवाहमा थप सहजीकरण तथा विकेन्द्रीकरण, कर्मचारीको क्षमता विकास, विपद् पूर्वतयारी तथा प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययितालगायत २२ वटा विषयमा निर्णय गरेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ५ : ३३ बजे

ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं– प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक

गड्यौला मल उत्पादनमा किसानहरू

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा