‘ग्लोबल डान्स लिग’मा नेपाललाई स्वर्ण पदक « Khabarhub

‘ग्लोबल डान्स लिग’मा नेपाललाई स्वर्ण पदक


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थाइल्यान्डमा सम्पन्न नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले ३ स्वर्ण र १ रजत पदक जितेको छ ।

फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डलगायत १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालले पदकमा वर्चस्व राखेको हो ।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा ‘एनडीए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक हात परेको जानकारी दिए।

जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो । त्यस्तै, ‘टिम एनटी’ले लोक विधामा दमदार प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भयो। खुला विधातर्फ भने नेपाल चौथो स्थानमा रहेको गहतराजले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतियोगीहरूले दमदार प्रस्तुती दिएका थिए। हलभित्र नेपालको राष्ट्रिय गान गुञ्जिँदा र राष्ट्रिय झन्डा फहराउँदा उपस्थित नेपाली प्रतिनिधिमण्डलको छाती गर्वले ढक्क फुलेको सो प्रतियोगिता हेर्न पुगेकी नेपाली नायिका परीक्षा लिम्बुले बताइन् । उनका अनुसार विश्वभरबाट आएका कला पारखीहरूले नेपाली डान्सरहरूको खुलेर तारिफ गरेका थिए।

हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर नेपाली टोली थाइल्यान्ड पुगेको हो । ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजको नेतृत्वमा गएको जम्बो टोलीमा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सउल’ र जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ सहभागी थिए।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ७ : ४० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख