‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह « Khabarhub

‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन  सरोकारपक्षसंग आग्रह गरेको छ । मन्त्रालयले चालु आवलाई  कानुन सुधार र निर्माण वर्ष घोषणा गरेको छ । 

यसका लागि मन्त्रालयले आज सबै मन्त्रालयका कानुन शाखा-महाशाखाका प्रमुखहरुसंग छलफल सुरुवात गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने बस्ने तय भएको छ ।

कानुन निर्माण वर्ष सफल बनाउन तथा सङ्घीय संसद्लाई आवश्यक विधायिकीकार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेको कानुन, न्याय तथा संसदीय ममिलामन्त्री सोविता गौतमको सचिवालयले जनाएको छ।

आगामी आर्थिक वर्षमा निर्माण गरिने ती विधेयकको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसद्मा बुझाइसकेको छ। विकासका लागि सहज वातावरण निर्माण यो वर्ष पुरै कानुन सुधारमा लाग्ने मन्त्रालयले जनाएको छ।

कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले नौबुँदे कार्ययोजना तयार तयार पारिसकेको छ । सरकारले संसद्लाई विधेयकको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षमा निर्माण गरिने ती विधेयकको सूची यसअघि नै कानुन मन्त्रालयले सङ्घीय संसद्मा बुझाइसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : २७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख