अमेरिकासँगको बढ्दो तनावबीच इरानी गृहमन्त्री पाकिस्तान भ्रमणमा « Khabarhub

अमेरिकासँगको बढ्दो तनावबीच इरानी गृहमन्त्री पाकिस्तान भ्रमणमा


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- अमेरिकासँगको बढ्दो द्वन्द्वबीच इरानका गृहमन्त्री एस्कान्दर मोमेनी सोमबार पाकिस्तानको राजधानी इस्लामाबाद भ्रमणमा पुगेका छन्।

भ्रमणका क्रममा उनले पाकिस्तानका उच्च अधिकारीहरूसँग द्विपक्षीय तथा क्षेत्रीय सुरक्षाका विषयमा उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको पाकिस्तानी गृह मन्त्रालयका एक स्रोतले जनाएको छ।

एएफपीसँग कुरा गर्दै ती स्रोतले मन्त्री मोमेनीले पाकिस्तानी वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने जानकारी दिएका छन्। यद्यपि, यी छलफल पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव कम गराउन गरिरहेको मध्यस्थता प्रयाससँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् वा छैनन् भन्नेबारे स्पष्ट पारिएको छैन।

अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका बीच पाकिस्तानले दुवै देशसँग निरन्तर संवाद कायम राख्दै आएको छ।

इस्लामाबादले संयमता अपनाउन, कूटनीतिक वार्तालाई प्राथमिकता दिन तथा क्षेत्रीय अस्थिरता फैलिन नदिन दुवै पक्षलाई आग्रह गर्दै आएको छ। साथै, आवश्यक परे मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि आफू तयार रहेको जनाएको छ।

यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेशकियानले सोमबार इरान अहिले अमेरिकासँग “पूर्णस्तरको युद्ध” मा रहेको बताएका छन्। उनको यो अभिव्यक्तिले दुई देशबीचको टकराव थप गम्भीर बन्दै गएको संकेत गरेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : ४२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख