महिलालाई थारु परिकार बनाउने सीप « Khabarhub

महिलालाई थारु परिकार बनाउने सीप


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दाङ– थारु जातिले खाने परिकारलाई जोगाउन यहाँका स्थानीय ४० जना महिलालाई ‘स्थानीय परिकार प्रशिक्षण’ प्रदान गरिएको छ । 

पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजना र थारु सांस्कृतिक संरक्षण केन्द्र दाङको सहकार्यमा तालिम  गरिएको हो । दाङकाले दगौरा, देउखुरीले  देउखुरीया, बाँके र बर्दियाकाले देसौरी खाना तथा कैलाली र कञ्चनपुरका  थारुले खाने राणा र कठरिया खाना बनाउन तालिम प्रदान गरिएको हो ।   

महिलालाई थारु खाना बनाउन सिकाएर बजारीकरण गर्नतर्फ प्रदेश सरकार लागि परेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

‘अहिले थारु समुदायको खाना भनेर ढिक्री, घुँङी, जाँडको झोल मात्रै दिने गरिएको  छ’, उनले भने, ‘त्यति मात्रै होइनन्, हाम्रा थुप्रै खानाहरू लोप भएका छन्, जुन मानव स्वास्थ्यका लागि लाभदायक छन् ।’

कञ्जुवा, अनदी, सिम्ठारो, मकै र मसुराको भात, घोङी, गङ्गटा, लोकल कुखुराको मासु, गुइता माछा, माछा, सिद्रा माछा, बङ्गुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री, पतौरीलगायत ४० बढी स्थानीय परिकार बनाउन सिकाइने छ ।  

थारु जातिको जिल्ला अनुसार फरकफरक खाना रहेकाले ती खानालाई बजारमा लैजान सकेमा आम्दानीको स्रोत बन्न सक्ने चौधरीले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : ४७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख