कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ « Khabarhub

कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ ।
 
खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर यही साउन १ गते हिँडेको ४० कन्टेनरसहितको सो कार्गो रेल आज यहाँ आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।  

यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेललाई बिदाइ गरेको विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

यो रेल सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि एकैपटकमा ४० फिटका ४५ वटा कन्टेनरहरू रेलमार्फत विराटनगर आइपुग्ने बताइएको छ ।  
 
सडकमार्गको तुलनामा  कार्गो रेल सुरक्षित, भरपर्दो र न्यूनलागत हुनुका साथै करिब २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ ।
 
वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायी खुसी देखिन्छन् । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते आएको थियो ।
 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ७ : २३ बजे

घरायसी बिजुलीको बिलमा भ्याट हटाउने बेलायत सरकारको घोषणा, वार्षिक करिब ४५ पाउन्ड बचत हुने

लन्डन- बेलायत सरकारले आगामी अक्टोबर १ देखि घरायसी विद्युत् महसुलमा

नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको

संवैधानिक संकट आए मात्र सरकारमा सहभागी हुन्छौँ : लेखनाथ दाहाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश