मनसुनजन्य विपद् बढेपछि कर्मचारीहरूलाई कार्यालय नछाड्न सरकारको निर्देशन « Khabarhub

मनसुनजन्य विपद् बढेपछि कर्मचारीहरूलाई कार्यालय नछाड्न सरकारको निर्देशन


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटना बढ्दै गएपछि सरकारले जिल्ला समन्वय समिति र सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै रहेर जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमार्फत विपद्को जोखिम र प्रभावलाई ध्यानमा राख्दै संवेदनशील अवधिभर कार्यालय नछाड्न आग्रह गरेको हो।

मन्त्रालयले जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित रूपमा कार्यालयमा उपस्थित रहन निर्देशन दिएको छ।

परिपत्रमा सम्बन्धित अधिकारीहरूले आवश्यक निर्णय प्रक्रिया, समन्वय तथा सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ। हाल बिदामा रहेका कर्मचारी तथा अधिकारीहरूलाई समेत बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा फर्की आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ।

त्यसैगरी, विपद्सम्बन्धी सूचना आदान–प्रदान, उद्धार तथा राहत कार्य, क्षतिको विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार र सङ्घीय निकायसँग निरन्तर सम्पर्कमा रहन मन्त्रालयले निर्देशन दिएको छ।

विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गरी कार्यालय छाड्नुपर्ने व्यवस्था पनि परिपत्रमा गरिएको छ।

हाल देशका विभिन्न जिल्लामा लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला सरकारी संयन्त्रलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने उद्देश्यले मन्त्रालयले यस्तो निर्देशन जारी गरेको जनाएको छ। सरकारले विपद्को समयमा द्रुत निर्णय, प्रभावकारी उद्धार तथा राहत वितरणमार्फत नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो कदम चालेको हो।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ८ : २१ बजे

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, चालकको अवस्था गम्भीर

गण्डकी– तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस