सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने « Khabarhub

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन् । सरकारले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै सांसदहरूका लागि स्वकीय सचिव राख्ने कानुनी बाटो खुलेको हो ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको हो ।

यसअघि पनि सांसदहरूले स्वकीय सचिव राख्ने सुविधा पाउँदै आएका थिए । तर, तत्कालीन सरकारले खर्च कटौती तथा मितव्ययिताको नीति अपनाउँदै उक्त सुविधा खारेज गरेको थियो । त्यसबेला संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गरेर स्वकीय सचिवको व्यवस्था हटाइएको थियो ।

वर्तमान सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ अनुसार अनुसूचीमा पुनः हेरफेर गर्दै स्वकीय सचिवको सुविधा पुनर्स्थापना गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : ०१ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख