‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी « Khabarhub

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट) लागू गर्ने भएको छ ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा ‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारीका विषयमा छलफल भएको हो । छलफलमा विपद् व्यवस्थापन तथा दूरसञ्चारसँग सम्बन्धित सङ्घीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अङ्ग हो । यस प्रणालीमार्फत मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपद्को चेतावनीसहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ ।

बैठकमा उपस्थित जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले हालसम्म विपद् पूर्वसूचनाका लागि टोल(फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गरिँदै आइएको जानकारी दिए । उनले एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौँ समय लाग्ने समस्या रहेको बताए ।

‘सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ’, पराजुलीले भने, ‘मोबाइलमा साइरनजस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरेसम्म पनि ध्यानाकर्षण हुन्छ । यसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ ।’

उनका अनुसार यो प्रणालीबाट लाखौँ नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ । बाढीपहिरो मात्रै नभई अन्य प्राकृतिक तथा मानवीय विपद्का बेला पनि यही प्रणालीमार्फत पूर्वचेतावनी पठाउने योजना रहेको उनले जानकारी दिए।

पराजुलीका अनुसार गतवर्षदेखि यस प्रणालीको सम्भाव्यता अध्ययन भइरहेको थियो । प्रारम्भिक अनुमानअनुसार प्रणाली कार्यान्वयनका लागि रु ४० करोडदेखि रु ७५ करोडसम्म लागत लाग्न सक्नेछ । यस विषयमा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र थप प्राविधिक छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : ४० बजे

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

एजेन्सी – पाँच युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रले अवैध रूपमा

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

नेपालगन्ज– पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १०

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

भोजपुर– पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर

वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी

एनपीएल : फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल प्रवेशका